म्यानचेस्टर युनाइटेडको अर्को हार, चेल्सी २-० ले विजयी

डिसी नेपाल
१४ कार्तिक २०८३ २०:४०

काठमाडौं। इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले पराजित गरेको छ। स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेको हो।

खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। म्यानचेस्टर युनाइटेडले केही राम्रा अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन। दोस्रो हाफको ५०औँ मिनेटमा मोर्गन रोजर्सले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए।

खेलको ६२औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले वेस्ली फोफानामाथि फाउल गरेपछि दोस्रो पहेँलो कार्डसहित मैदान छाड्नुपर्‍यो। त्यसपछि प्राप्त पेनाल्टीमा कोल पाल्मरले ६४औँ मिनेटमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाएका थिए।

यस जितसँगै चेल्सीले लिगमा महत्वपूर्ण तीन अंक जोडेको छ। चेल्सीको ९ खेलमा १६ अंक भएको छ र चौथो स्थानमा रहेको छ। यता म्यानचेस्टर युनाइटेडले लगातार खराब नतिजाको सामना गर्नुपरेको छ। प्रशिक्षक माइकल क्यारिकमाथि पनि दबाब थपिएको छ। युनाइटेडको यो खेलपछि ९ खेलमा ७ अंक रहेको छ र १६औं स्थानमा रहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *