सुदूरपश्चिमले टस जित्यो, विराटनगरले पहिला ब्याटिङ गर्ने

डिसी नेपाल
१४ कार्तिक २०८३ २१:१२

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला बलिङ गर्ने भएको छ। योसँगै विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ।

यो खेल ५-५ ओभरको हुने भएको छ। सुदूरपश्चिमका विदेशी खेलाडीले मैदान खेल्न योग्य नरहेको बताएर खेल्न तयार नभएपछि टसमा ढिलाई भएको थियो।

लामो छलफलपछि म्याच रेफ्रीले खेल नखेलेमा विराटनगर किंग्सलाई २ अंक दिने चेतावनी दिएपछि अन्तत: सुदूरपश्चिम खेल्न तयार भएको थियो। यसअघि ७: ४० बाट खेल शुरु गर्ने भनिएको थियो।

जारी प्रतियोगितामा विराटनगर किंग्सले लगातार दुई खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिम रोयल्सले एक जित र एक हार बेहोरेको छ।

यसअघि आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने भनिएको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *