ऊर्जामन्त्री श्रेष्ठ स्वदेश फर्किए

डिसी नेपाल
१४ कार्तिक २०८३ २१:४६

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ थाइल्याण्डको बैंककमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन्।

संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन–ईएससीएपी) द्वारा आयोजित दिगो विकासका लागि अन्तरिक्ष प्रविधिको उपयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन उनी मङ्गलबार बैंकक गएका थिए।

सम्मेलनमा मन्त्री श्रेष्ठले नेपालले भोगेका जलवायुजन्य विपद्, हिमाली क्षेत्रको उत्थानशीलता र विपद् पूर्वसूचना प्रणाली विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको विषय उठाएका थिए।

उनले भोटेकोशी–त्रिशूली विपद्बाट सिकिएका पाठ र प्रभावित क्षेत्रको पुनर्निर्माणलाई सुरक्षित तथा उत्थानशील विकासको नमुना बनाउने नेपालको सोचबारे पनि धारणा राखेका थिए।

बैंककमा रहँदा उनले संयुक्त राष्ट्रसङ्घका उपमहासचिवसहित थाइल्याण्ड, भुटान र श्रीलङ्काका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। भेटमा जलवायु उत्थानशीलता र प्रविधि हस्तान्तरणका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *