रास्वपा महामन्त्री आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल चीन जाने

डिसी नेपाल
१४ कार्तिक २०८३ १९:४२
16
Shares

काठमाडौं।  सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यको नेतृत्वमा एक प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलले छिट्टै चीन भ्रमण गर्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्। पार्टी केन्द्रीय मुख्यालयमा शनिबार बसेको सचिवालय बैठकमा उक्त चीन भ्रमणका विविध पक्षबारे विस्तृत छलफल भएको थियो।

यसैगरी, बैठकमा मधेस प्रदेशका साथै विभिन्न जिल्लामा देखिएका साङ्गठनिक समस्या तथा ‘मधेस अडिट’ का सम्बन्धमा सह-महामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन पेस गरिएको छ। प्रवक्ता खरेलका अनुसार कार्यदलको प्रतिवेदनमाथि आवश्यक अध्ययन गरी पार्टीले आगामी सांगठनिक कदम तथा रणनीति तय गर्ने निर्णय गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *