हिज्बुल्लाहका वरिष्ठ कमाण्डर अबु हसन अला मारिएको इजरायली सेनाको दाबी

डिसी नेपाल
३१ साउन २०८३ १३:३१

काठमाडौं । इजरायली सेनाले लेबनानी सशस्त्र समूह हिज्बुल्लाहको ‘बद्र युनिट’का वरिष्ठ कमाण्डर अबु हसन अलालाई मारेको दाबी गरेको छ।

इजरायली सेनाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै हिज्बुल्लाहका तर्फबाट इजरायली सैनिकहरूविरुद्ध भइरहेका गतिविधिहरूको जवाफमा यो कारबाही गरिएको जनाएको छ।

सेनाको विज्ञप्तिअनुसार हसन अला इजरायली सैनिकहरूविरुद्ध कैयौँ आक्रमणको योजना बनाउने र तिनलाई कार्यान्वयन गराउने कार्यमा संलग्न थिए। जसमा दक्षिणी लेबनानमा रहेका इजरायली सैनिकहरूतर्फ विस्फोटक पदार्थले भरिएका ड्रोनहरू पठाउने कार्यसमेत समावेश थियो।

यसैबिच, अरब लिगले लेबनानमाथि इजरायलले गरिरहेको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। विगत २४ घण्टामा भएका आक्रमणहरूमा परि ११ जनाको मृत्यु भएको र यस्तो स्थितिले तनाव खतरनाक मोडतर्फ बढिरहेको अरब लिगले जनाएको छ।

अरब लिगका अनुसार यस प्रकारका आक्रमणहरूले सङ्घर्ष अन्त्य गर्ने र समस्याको समाधान खोज्ने कूटनीतिक प्रयासहरूलाई गम्भीर क्षति पुर्‍याउन सक्छ।

अरब लिगका प्रवक्ताले इजरायलका नीति र गतिविधिहरूले ‘कब्जा जमाउने नीति अपनाउनेहरू सङ्घर्षलाई लामो समयसम्म जारी राख्न, वार्तामा बाधा पुर्‍याउन र भूभागमा नयाँ स्थिति जबर्जस्ती थोप्न चाहन्छन्’ भन्ने कुरा स्पष्ट पार्ने बताए।

प्रवक्ताले यस्ता प्रयासहरू पूर्ण रूपमा अस्वीकार्य र निन्दनीय रहेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *