चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारले गृह सहसचिवको नेतृत्वमा बनायो समिति
काठमाडौं । सरकारले चीनसँगको सीमा विवाद अध्ययनका लागि छानविन समिति गठन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हुम्ला जिल्लाका विभिन्न ठाउँमा देखिएका सीमा विवादबारे अध्ययन गर्न छानविन समिति गठन गर्ने निर्णय गरेको हो ।
हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा विवादको अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाउनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन समिति गठन गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उक्त छानविन समितिमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारी र सीमाविद्हरुलाई समावेश गरिने पनि उनले जानकारी दिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment