कांग्रेसले टुंगो लगायो समानुपातिक तर्फका सांसदको नाम
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिक तर्फको सूची निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन बिपीनगर, ललितपुरमा बसेको बैठकले यसअघि तोकिए बमोजिमका नामहरू बुझाउने निर्णय गरिएको र सोअनुसार बुझाउने क्रममा रहेको प्रवक्ता एवं केन्द्रीय समिति सदस्य देवराज चालिसेले जानकारी दिए।
उनले बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गरेको जानकारी दिए।
कांग्रेसले समानुपातिकमा २० सिट जितेको छ। आयोगले दिएको निर्देशनअनुसार नै क्लस्टर छुट्टाएर नाम सिफारिस गरिएको चालिसेले बताए। उनले कम्तीमा १५ महिला सिफारिस गर्न भने बमोजिम सो अनुसार सिफारिस गरिएको जानकारी दिए।
अहिले नाम भने सार्वजनिक नगरिएको पनि उनले उल्लेख गरेका छन्। कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ। जसमा एक जना मात्र महिला उम्मेदवार विजेता बनेकी छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment