पाल्पामा पहिरोमा परेर ५ जनाको मृत्यु
पाल्पा । पाल्पाका विभिन्न स्थानमा खसेको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। यसअघि माथागढी गाउँपालिका–३ कसेनी भैँसकट्टामा पहिरोले लिलबहादुर घर्ती मगरको घर पुरिँदा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार उद्धार टोलीले शव निकालेपछि मृत्यु हुनेको पहिचान एउटै परिवारका लिलबहादुर घर्ती मगर, झरना घर्ती मगर र दिना घर्ती मगरका रूपमा भएको छ।
यसअघि जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पनि पहिरोमा पुरिएर मृत्यु भएको थियो।
उनीहरूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ। योसँगै पाल्पामा पहिरोका कारण ज्यान गुमाउनेको कुल संख्या ५ पुगेको छ भने बेपत्ता भएका सबैको शव फेला परिसकेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment