नेपाली कांग्रेस १५औं महाधिवेशन: बागलुङका सबै १० पालिकामा नेतृत्व चयन, ९ मा सर्वसम्मत

डिसी नेपाल
११ असोज २०८३ ७:४५

बागलुङ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका सबै १० वटै स्थानीय तह (पालिका) हरूमा नयाँ नेतृत्व चयन भएको छ। पालिका अधिवेशनअन्तर्गत नौ वटा स्थानीय तहमा सर्वसम्मतिबाट र एउटामा मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिएको हो।

जिल्लाका सबै ८५ वटा वडाहरूमा वडा अधिवेशन सम्पन्न भई वडा सभापतिसहितको टोली चयन भइसकेपछि सबै स्थानीय तहमा गाउँ तथा नगर सभापतिको चयन प्रक्रिया पूरा भएको नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए।

सर्वसम्मत रूपमा चयन भएका नगर सभापतिहरूमा बागलुङ नगरपालिकामा नारायण पौडेल, ढोरपाटन नगरपालिकामा दीपक अदै र जैमिनी नगरपालिकामा काशिराम आचार्य रहेका छन्।

त्यस्तै, गलकोट नगरपालिकामा भने मतदानमार्फत नेतृत्व चुनिएको छ। गलकोटको नगर सभापतिमा १७१ मत प्राप्त गरी हिमबहादुर भण्डारी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी पवन हमालले ८७ मत प्राप्त गरेका थिए।

यसैगरी, गाउँपालिकाहळूतर्फ ताराखोला गाउँपालिकाको सभापतिमा भीमबहादुर रोका, बरेङ गाउँपालिकामा मोतिराम गौतम, काठेखोला गाउँपालिकामा ज्ञामनाथ कँडेल, बडिगाड गाउँपालिकामा रणबहादुर भुजेल, निसीखोला गाउँपालिकामा खिमबहादुर कार्की र तमानखोला गाउँपालिकाको सभापतिमा झकबहादुर बुढा सर्वसम्मत चयन भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *