सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

डिसी नेपाल
१७ भदौ २०७८ १४:४६
724
Shares

काठमाडौं। साताको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधाबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको हो।

आज छापावाला सुन प्रतिग्राम ७७ हजार ८५० रुपैयाँमा कारोबार भएको छ। त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतिग्राम एक हजार ३३ रुपैयाँ ५० पैसामा कारोबार भइरेहको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.