प्रहरी बनाइदिन्छु भन्दै पैसा असुलेको अभियोगमा युवक पक्राउ

डिसी नेपाल
१७ भदौ २०७८ १९:४४
204
Shares

धनगढी । कैलालीमा प्रहरी बनाइदिने भन्दै पैसा असुली गर्ने एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–२ का २५ बर्षिय मनोजकुमार सिंह रहेका छन् ।

उनले आफ्नो प्रहरी उच्च अधिकारीसँग सम्बन्ध रहेको बताउँदै प्रहरीमा भर्ना गरिदिने भन्दै एक युवकबाट ६० हजार असुली गरेको प्रहरीको दावी छ ।

प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भई नतिजा आउने बेला ती युवकले पैसा नदिए फेल गराइदिने भन्दै धम्की दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार पैसा असुली गरेको जानकारी पाएपछि प्रहरीले सिंहलाई बुधबार धनगढीस्थित ट्राफिक चौराहाबाट पक्राउ गरेको हो ।

युवकबाट सिटिजन्स बैंक धनगढीको नाममा रहेको ६० हजारको चेक र मोबाइल बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । युवकको मोबाइलमा प्रहरी बनाइदिने भन्दै गरेको बार्गेनिङको रेकर्ड रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका सिंहमाथि ठगी शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.