विपद्का घटनामा वृद्धि
सांकेतिक तस्वीर
काठमाडौं । पछिल्लो समयमा अतिजन्य मौसम, जलवायु तथा जलका कारण सिर्जित विपद्का घटनाको वृद्धि भए पनि पूर्वानुमान तथा पूर्वसूचनाले गर्दा मृत्युदर चाहिँ घटेको देखिएको छ ।
विश्व मौसम सङ्गठनले मङ्गलबार प्रकाशन गरेको प्रतिवेदनले पछिल्लो ५० वर्षमा (सन् १९७०–२०१९) अतिजन्य मौसम, जलवायु तथा जलका कारण सिर्जित विपद्का घटनाको वृद्धि भएको देखाएको हो । पूर्वानुमान तथा पूर्वसूचनाका कारण मृत्युदर चाहिँ घटेको प्रतिवेदनमा उल्लेख छ ।
एसियामा पछिल्लो ५० वर्षमा तीन हजार ४५४ वटा विपद्का घटना भएको र सो घटनाका कारण नौ लाख ७५ हजार ६२२ ले ज्यान गुमाएको र एक दशमलव दुई ट्रिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको प्रतिवेदनमा जनाइएको छ ।
अतिजन्य मौसम, जलवायु तथा जलका कारण सिर्जित विश्वभर घटेका विपद्का घटनामध्ये ३१ प्रतशित घटना एसियमा घट्ने गरेको छ । यस्ता घटनाबाट विश्वभर ज्यान गुमाएका मध्ये ४७ प्रतिशत एसियाका नागरिक पर्दछन् भने विश्वभर भएको आर्थिक क्षतिमध्ये ३१ प्रतिशत क्षति एसियाली देशमा हुने गर्दछ । यस्तो क्षति बाढीबाट ४५ प्रतिशत र आँधीका कारण ३६ प्रतिशत भएको प्रतिवेदनमा औँल्याइएको छ । त्यसैगरी ज्यान गुमाएकामध्ये ७२ प्रतिशत आँधीका कारण छन् भने आर्थिक क्षतिको ५७ प्रतिशत बाढीका कारण हुने गरेको तथ्याङ्क छ । रासस







डिसी नेपाल








Facebook Comment