९ हजार ८७५ जनाको परीक्षण गर्दा १ हजार २६८ जनामा कोरोना संक्रमण

डिसी नेपाल
१९ भदौ २०७८ १६:४४
208
Shares

काठमाडौं । गत २४ घण्टामा नेपालमा ९ हजार ८७५ जनाको परीक्षण गर्दा १ हजार २६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार १९५ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ७५३ पीसीआर परीक्षण गर्दा १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार १२२ परीक्षण गर्दा २४४ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ९ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ जना रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.