सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

डिसी नेपाल
२० भदौ २०७८ १२:००
184
Shares

काठमाडौं। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार नाै सय रुपैयाँमा कारोबार भएकोमा चालु साताकाे पहिलाे दिन आइतबार ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ।

त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७८ हजार चार सय ४५ रुपैयाँ कायम भएको छ। महासंघकाअनुसार तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७८ हजार १५ रुपैयाँ कायम भएको छ।

त्यसैगरी, महासंघले चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ३० रुपैयाँ कायम गरेको छ। यस्तै, चाँदी प्रति १० ग्रामको मूल्य एक हजार ५४ रुपैयाँ ५० पैसा तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.