माधव नेपालको विद्यार्थी समूहले मोदीको पुत्ला जलाउँदा गृह मन्त्रालयको आपत्ति

डिसी नेपाल
२० भदौ २०७८ १३:२६
128
Shares

काठमाडौं। सरकारले छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने खालका गतिविधि नगर्न  चेतावनी दिएको छ। आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले मोदीको नाम नलिई छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने गरी पुत्ला दहन गरिएको भन्दै आपत्ति प्रकट गरेको हो।

माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले शुक्रबार नेपालमा भारतीय हस्तक्षेप बढेकाे भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे पुत्ला दहन गरेकाे थियाे।

विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता उच्छृङ्खल र निन्दनीय गतिवधि पति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ।’

मन्त्रालयले छिमेक मुलुकहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न समेत आग्रह गरेको छ । यस्तै, मन्त्रालयले यस्ता गतिविधि गर्नेलाई कारबाही गरिने समेत जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.