नेप्सेमा लाग्यो नकारात्मक सर्किट ब्रेक, बजार ४० मिनेटका लागि बन्द

डिसी नेपाल
२० भदौ २०७८ १३:४१
124
Shares

काठमाडाैं। साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको छ। बजार खुलेको दुई घन्टा बित्न ५ सेकेन्ड बाँकी हुँदा नेप्से ५.०३ प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेक लागेको हो।

सर्किट ब्रेक लागेसँगै बजार ४० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ। अब बजार १ः३९ः५५ मा पुनः खुल्नेछ।

बजार बन्द हुने अवधिसम्म २१५ कम्पनीको कारोबारमा सात अर्ब १९ करोड ९० लाख ३५ रुपैयाँ बराबरको एक करोड ४८ लाख ३१ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ। जसमध्ये पाँच कम्पनीको मात्र सेयरमूल्य बढेको छ।

बजारमा पहिराे गएसँगै सेयर काराेबारी अत्तालिएका छन्। नेपाल राष्ट्र बैंकको नयाँ नीतिका कारण सेयर बजार ओरालो लागेको सेयर विश्लेषकहरूको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.