गत शुक्रबार पक्राउ, आज हिरासतमा मृत्यु !

डिसी नेपाल
२० भदौ २०७८ १७:२९
3.4k
Shares

काठमाडाैं । लागुऔषध गाँजासहित पक्राउ परेका एक जनाको जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको आइतबार दिउँसो मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले जानकारी दिए।

कामतलाई प्रहरीले गत शुक्रबार दिउँसो विराटनगर–११ जनपथ मार्गबाट ३ किलो ४ सय ८० ग्राम गाँजासहित पक्राउ गरेको थियो। जनपथ मार्गमै नास्ता पसल सञ्चालन गरेर बसेका उनलाई घरको कोठा र गाईको गोठमा भुसले छोपेर बोरामा प्याक गर्दै राखेको अवस्थामा गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थपको तयारी गरेको थियो।

हिरासतमा रहेकै बेला बिरामी भएपछि उनलाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइएको थियो। उनको त्यहाँ उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।अस्पतालमै उनको मृत्यु भएको खबरपछि अहिले कोशी अस्पताल परिसरमा विरोधमा उत्रिएका कामतका परिवारले घटनाको छानबिनको माग गरेका हुन्। उनकी पत्नी यशोदा कामत र भाइ विरेन्द्र कामतले प्रहरी हिरासतमा रहेका व्यक्तिको ज्यान जाने घटना रहस्यमय भएको दाबी गरेका छन्।

त्यसैले घटनाको छानबिन हुनुपर्छ’ उनीहरुको माग छ । मृतक कामत पक्राउ परेयता जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा थिए। लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थपको तयारीमा प्रहरी थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.