नियुक्तिमा कांग्रेसभन्दा बढी आरजु देउवा हावी हुन थालेपछि …..
काठमाडाैं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् ।
आयोगको सदस्यमा रामकुमार फुयाँल र दिलबहादुर गुरूङ नियुक्त भएका छन् । डा.पौडेल कांग्रेस तथा फुयाँल र गुरूङ माओवादी केन्द्रको सिफारिसमा आयोगमा नियुक्त भएका हुन् । नेकपा विभाजनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले फुयाँल र लिम्बू दुबै दुबैलाई हटाएका थिए ।
अहिले राष्ट्रिय योजना आयोगमा नियुक्तिमा कांग्रेसभन्दा बढी आरजु देउवा हावी हुन थालेको चर्चा रहेको छ । योजना आयोगको उपाध्यक्षदेखि सदस्य नियुक्तिसम्म पनि आरजुको हावी भएपछि देउवाको कोटरीभित्र रहेका महामन्त्री पूर्णबहादुर खड्का असन्तुष्ट बनेका छन् र विश्वप्रकाश शर्मा बोल्नै छाडेका छन् ।
पौडेलसँग आरजुको व्यापारिक साझेदारी रहँदै आएको छ । उनीहरुले युलियन्स कलेजमा संयुक्त लगानी गरेका छन् । र, सञ्चालनक समितिमा पनि रहेका छन् । त्यही सम्बन्धले आरजु जसरी पनि पौडेललाई राष्ट्रिय योजना आयोगमा लैजान चाहन्थिन र उनी सफल पनि भइन् ।
को हुन् पौडेल ?
युवा अर्थशास्त्री विश्व पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ हुन् । उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए ।
अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट उनले विद्यावारिधि उपाधि प्राप्त गरेका पौडलका आर्थिक विषयमा थुप्रै लेख तथा शोधहरु प्रकाशित छन् ।







डिसी नेपाल








Facebook Comment