५० महिलालाई लेखापढी तालिम दिइँदै
काठमाडौं । सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाले ५० जना महिलालाई लेखापढी उत्पादनमा जोड दिएको छ ।
नगरपालिकाको न्यायिक समितिले आइतबारदेखि महिला स्वरोजगार कार्यक्रमसँग जोड्नका लागि महिलालाई सो तालीम दिन सुरु गरेको नगरपालिका उपप्रमुख मोहनमाया ढकालले बताइन् ।
महिलालाई लेखापढी व्यवसायमा सक्षम बनाउने उद्देश्यले कर्णाली प्रदेशमै पहिलोपटक यो तालीम दिइएको उनको भनाइ छ । ‘महिलाहरू पनि लेखापढी व्यवसाय गर्न सक्षम छन् भन्ने देखाउन हामीले यो तालीमको आयोजना गरेका हौं ।’ नगरउपप्रमुख ढकालले इकागजसँग भनिन्, ‘अहिले बेरोजगार रहेका नगरक्षेत्रका महिलाहरू तालीमपश्चात् स्वरोजगार बन्नुहुनेछ । यो तालीम महिला स्वरोजगारसँग जोडिएको हुँदा नगरपालिकाका महिलालाई आत्मनिर्भर बनाउन भूमिका निर्वाह गर्ने हाम्रो विश्वास छ ।’
तालीम सम्पन्न भएपछि जिल्ला अदालत सुर्खेतले लेखापढी परीक्षा सञ्चालन गर्ने र उक्त परीक्षा उत्तीर्ण गर्नेलाई प्रमाणपत्र उपलब्ध गराइने उपप्रमुख ढकालले बताइन् ।







डिसी नेपाल








Facebook Comment