थप १ हजार ८९७ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

डिसी नेपाल
२१ भदौ २०७८ १६:५७
196
Shares

काठमाडौं । गत २४ घण्टामा नेपालमा १५ हजार ९७९ जनाको परीक्षण गर्दा १ हजार ८९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ७४३ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ६०९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ३७० परीक्षण गर्दा ४०९ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा २० जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ जना रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.