गभर्नरको राजिनामा माग्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीको राजिनामा माग्दै केही लगानीकर्ताहरुले मोटरसाइकल र्याली निकालेका छन् ।
निरन्तर जसो नेप्से सूचकमा उच्च अंकको गिरावट आएपछि लगानीकर्ताहरुले विरोध प्रर्दशन गरेका हुन् । लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पूँजी बजार सुधार संघर्ष समितिले विभिन्न १८ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका लगानीकर्ताको समूहले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई मागपत्र बुझाएर फर्किएका छन् ।
पूँजी बजारमा नकारात्मक प्रभाव पार्ने काम गरेको भन्दै लगानीकर्ताहरूले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजिनामा माग गरेका छन् । उनीहरूले पूँजीबजारलाई नियोजित रुपमा घटाउन भूमिका खेलेको आरोप समेत लगाएका छन् । समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सिमा हट्नु पर्ने, लघुवित्त कम्पनीहरूले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनु पर्ने मागहरू राखेका छन्।
साथै प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्ने माग पनि राखेका छन्







डिसी नेपाल








Facebook Comment