सेयर धितो राख्ने १२ करोडभन्दा बढी कर्जा लिने
काठमाडौं ।नेपाल राष्ट्र बैंकले सेयर धितोमा १२ करोड रुपैयाँभन्दा बढी ऋण लिन पाइने व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंकले आफ्नो वेभसाइटमा सूचना राख्दै सेयर धितोमा राखेर १२ करोडभन्दा बढी ऋण लिन पाइने प्रष्ट पारेको हो ।
सूचनाअनुसार अन्य बैंकको सेयर किन्ने प्रयोजन बाहेकका व्यवसायिक प्रयोजनका लागि सेयर धितो राखेर लिने ऋणमा १२ करोड रुपैयाँको सीमा लाग्दैन । यसअघि चालू वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले लगानीकर्ताले सेयर धितोमा राखेर एउटा बैंकबाट ४ करोड र कुल १२ करोड रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment