काम नसकिएका ठेक्काको म्याद चैतसम्म थप

डिसी नेपाल
२१ भदौ २०७८ २२:२४
40
Shares

काठमाडौं । अर्थ मन्त्रालयले कोरोना महामारीका कारण काम नसकिएका ठेक्काको म्याद आगामी चैत मसान्तसम्म थप गरेको छ ।

कोरोना महामारीको पहिलो र दोस्रो लहर नियन्त्रण गर्न लगाइएको निषेध आदेश र बन्दाबन्दी जारी हुनुपूर्व या सो अवधिभित्र सम्झौता भएका तर महामारीका कारण सम्पन्न हुन नसकेका चालू अवस्थाका खरिद सम्झौताको म्याद थप गर्न अर्थले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार कोभिड(१९ संक्रमणका कारण बन्दाबन्दी तथा निषेधको आदेश जारी भई साविकमा सञ्चालित खरीद सम्बन्धी ठेक्का सम्झौता बमोजमको काम निर्धारित समयमा सम्पन्न हुन नसकेकोमा खरीद सम्झौताको म्याद थप गर्ने निर्णय भएको हो ।

मन्त्रालयका अनुसार कोभिड १९ को पहिलो र दोस्रो लहर नियन्त्रण गर्न जारी भएको बन्दाबन्दी र निषेधाज्ञा जारी हुनु पूर्व वा आदेश अवधिभित्र सम्झौता भएका तर सो कारण काम सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको अवधि चैतसम्म थप्ने निर्णय भएको हो । चालु अवस्थामा रहेका खरीद सम्झौताको म्याद सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक वा परामर्शदाताको निवेदनका आधारमा बोलपत्र स्वीकृत गर्ने पदाधिकारीले म्याद थप गर्न सक्ने भएका छन् । यस क्रममा म्याथ थपको आवश्यकता र औचित्यको विश्लेषण गरि नेपाल सरकारलाई थप लागत वा दायित्व नपर्ने र म्याद थप वापत अन्य कुनै दायित्व नपर्ने गरी त्यस्तो सम्झौताको म्याद बढीमा चैत २०७८ सम्म थप्ने निर्णय भएको हो ।

म्याद थप गर्नु पर्ने भएमा त्यसको निर्णय एक महिना भित्रै गरिसक्नु पर्नेछ । यसबारे जानकारी सम्बन्धित मन्त्रालय, सचिवालय, आयोगको सचिव वा विशिष्ट श्रेणीको कर्मचारीलाई जानकारी गराउनु पर्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.