लघुवित्तलाई धमाधम स्वीकृति दिएका कारण विकृति

डिसी नेपाल
२२ भदौ २०७८ ०:०१
28
Shares

काठमाडौँ । डा. हरिहरदेव पन्तको छैटौं वार्षिक पुण्य स्मृति दिवसको अवसरमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर गणेशबहादुर थापाले लघुवित्तलाई धमाधम स्वीकृति दिएका कारण विकृति आएको बताएका छन् ।

डा. हरिहरदेव पन्त फाउन्डेसन र निर्धन संस्थानद्वारा सोमबार आयोजित भर्चुअल कार्यक्रममा समृद्धिको मार्गमा २०७७ पुस्तक विमोचनपछि उनले यस्तो टिप्पणी गरेका हुन् । बैंकले सहायक कम्पनी खोलेर लघुवित्त सञ्चालनमा ल्याएका कारण विकृति आएको उनको भनाइ छ ।

पूर्वगभर्नर थापाले नेपाल राष्ट्र बैंकले विपन्न वर्ग कर्जा सुविधा दिए पनि यसको सार्थकता वाणिज्य बैंकहरूले भन्दा लघुवित्तहरूले निभाउन सक्ने तर्क गरे । ‘विपन्न वर्ग शीर्षकमा कर्जा दिएर मात्र हुँदैन, दिएको कर्जाबाट ऋणी कत्तिको सफल भएको छ भनेर अवलोकन गर्नुपर्छ’ उनले भने ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.