पर्यटन बोर्डमा निटोगको धर्ना

डिसी नेपाल
२२ भदौ २०७८ १४:१८
216
Shares

काठमाडाैं। कोभिड महामारीबाट प्रभावित पर्यटन क्षेत्र अहिले शून्य गतिविधिको अवस्थामा छ। सबैभन्दा धेरै चपेटमा परेका पर्यटन श्रमिकहरूको जनजिवन अस्तव्यस्त छ। तर सरकार र सम्बन्धित निकायले अझै सम्म पर्यटन श्रमिक जोगाउन केही गर्न चाहेको देखिँदैन।

यसरी मुखदर्शक भएर हेरि रहने सरकार र सम्बन्धित निकायहरूलाई खबरदारी गर्दै स्वतन्त्र पर्यटन श्रमिकहरूको छाता सङ्गठन नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) ले हिजोबाट नेपाल पर्यटन बोर्डमा शान्तिपूर्ण आन्दोलन सुरु गरेको छ।

कोरोना महामारीको कारण चपेटमा परेका पर्यटन श्रमिकहरूलाई लामो समय बितिसक्दा पनि सम्बन्धित निकायहरूबाट कुनैपनि किसिमको सहयोग नभएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्। नेपाल पर्यटन बोर्डले सीमित व्यक्तिहरुको आफ्नो दैनिक जीविकोपार्जनमा परेको समस्या लिएर धेरै पटक हामीले सरकार, टुरिजम बोर्ड लगायत सम्बन्धित निकायमा ध्यानाकर्षण गराइ सकेको निटोगले जनाएको छ।

‘यसरी पर्यटनश्रमिकको समस्या सुनुवाइ नभएपछि हामी बाध्य भएर आन्दोलनमा उत्रिएको हौं। यस्तै पूर्ण मात्राको खोप लगाई पिसिआर नेगेटिभ रिपोर्ट लिएर नेपाल आउने पर्यटकलाई समेत क्वारेनटाइन बस्नुपर्ने नियमले पर्यटकहरूलाई नेपाल आउन निरुत्साहित गरेको निटोगको ठहर छ यसले दक्ष पर्यटन श्रमिकहरूमा अनिश्चित भविष्यको चिन्ता र निराशा बढाएको छ,’निटोगका अध्यक्ष रामकाजी प्रयासले भने।

आन्दोलनमा श्रमिकहरूले विभिन्न खाले माग झल्कने नाराहरूका बोकेका छन् भने युएनडिपी र नेपाल पर्यटन बोर्डले चलाउन लागेको पर्यटन श्रमिक लक्षित अल्पकालीन रोजगारी कार्यक्रममा बोर्डले ढिलासुस्ती गरेको पनि ब्यानरमा उल्लेख छ । यस्तो परिवेशले पर्यटनका दक्ष जनशक्ति पलायन हुने पर्यटन श्रमिकहरूको बुझाइ छ ।

नेपाल पर्यटन बोर्डले सीमित व्यक्तिको पहुँचमा पुग्ने गरी पर्यटन श्रमिक कल्याणकारी कोष परिचालन गर्ने बाटो लिएको र अनेकन् मुद्दामा बहुसङ्ख्यक श्रमिकको भावना कुल्चेको निटोगको आरोप छ । हिजोदेखी राती समेत धर्ना बसेको निटोगले माग पुरा नभएसम्म आफुहरु धर्नामा बस्ने निटोगले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.