एमसीसीको बिरोध गर्दा ५ पक्राउ
काठमाडौँ- एमसीसीविरुद्ध प्रचार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
प्रहरीले नेपालका लागि नेपाली पार्टीमा आवद्ध ५ जनालाई पुतलीसडकबाट गिरफ्तार गरेको हो । नवराज कार्की र सुस्मितासहित ५ जनालाई पक्राउ गरेको नेपालका लागि नेपाली अभियानका अगुवा डा.सुरेन्द्र भण्डारीले बताए ।
पक्राउ गरिएकाहरूलाई महानगरीय प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ । बुधवार दिउँसो सो पार्टीले माइतीघर मण्डलामा एमसीसीको बिरुद्धमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको प्रचार–प्रसार गर्दा प्रहरीले नियन्त्रणमा लिएर राष्ट्रिय झण्डा र पर्चा जफत गरेको डा. भण्डारीले बताए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment