लोसपाको पक्षमा २० प्रदेश सांसद, स्थानीय तहमा कुन जिल्लामा कति ?
काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा १७ जना कार्यकारिणी सदस्य र १५ जना सांसदले रोजेका छन् । दल रोज्न दिएको समय बुधबारसम्म प्रदेश २ का १६, लुम्बिनी प्रदेशका ३ जना र सुदूरपश्चिमका एक जना गरी २० प्रदेशसभा सदस्यले लोसपा रोजेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिमध्ये लोसपा रोज्ने धेरै जनप्रतिनिधि महोत्तरी जिल्लाका छन् । महोत्तरीबाट २५८ जना जनप्रतिनिधिले लोसपा रोजेका छन् ।
त्यस्तै बाराका १३८, सर्लाहीबाट १३७(१र२ थपघट हुन सक्ने), धनुषाबाट १०९, सप्तरीबाट ९६, रौतहटबाट ८८, रुपन्देहीबाट २०, सिरहाबाट १२, पर्साबाट २८ र कपिलवस्तुबाट १ जना जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment