९ जना मिलेर १६ वर्षीया बालिका बलात्कृत

डिसी नेपाल
२२ भदौ २०७८ २२:१४
172
Shares

काठमाडौं । सुर्खेतमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार इलाका प्रहरी बाबियाचौरले उनीहरुलाई पक्राउ गरेको हो ।

सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पक्राउ पर्नेमा पर्नेहरुमा बस काउण्टरमा काम गर्नेदेखि ड्राइभरसम्म रहेको जानकारी दिए । पक्राउ पर्नेहरुमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी, प्रेमबहादुर शाही र एक जना नाम नखुलेको शाही थरका हुन् ।

बालिकालाई पटक–पटक विभिन्न व्यक्तिबाट ठाउँठाउँमा बलात्कार भएको उजुरीको आधारमा प्रकाउ गरिएको इलाका प्रहरी कार्यालय, बाबियाचौरका प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए ।

बालिकाका अनुसार उनीहरुले आफूलाई चकलेट, बिस्कुट, चाउचाउ र पैसा दिने प्रलोभनमा फकाउँदै उक्त कार्य गरिएको थियो । थप अनुसन्धानको लागि उनीहरुलाई सदरमुकाम वीरेन्द्रनगर पुर्याइएको र जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ । प्रहरीका अनुसार बलात्कृत किशोरीको पेटमा गर्भ समेत रहेको छ। प्रहरीले अभियुक्तहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.