महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता

डिसी नेपाल
२२ भदौ २०७८ २३:११
28
Shares

काठमाडौँ । महालक्ष्मी विकास बैंक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् महसुल संकलनसम्बन्धी सम्झौता भएको छ ।

उपभोक्तालाई विद्युत् महसुल बुझाउन सहजीकरण गर्ने उद्देश्यले आइतबार बैंक र प्राधिकरणले यस्तो सम्झौता गरेका हुन् । सम्झौता पत्रमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहक वाजो कोहिले पनि आफूले खपत गरेको विद्युत्‌को महशुल बैंकको मोबाइल बैंकिङ मार्फत वा बैंकको काउन्टरमा नै उपस्थित भई भुक्तानी गर्न सक्नेछन् ।सम्झौताअनुसार सेवाग्राहीले मासिक ५०० प्रतिशत रुपैयाँसम्मको विद्युत महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिर्नुपर्दैन भने ५०१ रुपैयाँभन्दा माथी ५ लाखसम्मको महशुल भुक्तानीमा पाँच रुपैयाँमात्र सेवा शुल्क भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।
महालक्ष्मी बिकास बैंक र नेपाल विद्युत प्रधिकरणबीच भएको यस प्रकारको विद्युत महशुल संकलन सम्बन्धी सम्झौताले सर्वसाधारणलाई बिना झन्झट विद्युत महशुल भुक्तानीमा सहयोग हुने बैंकले विश्वास लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.