लुम्बिनी एमाले २ जेठ २०७५ अघिकै अवस्थामा फर्कियाे (जिल्ला नेतृत्वको सूचीसहित)

डिसी नेपाल
२३ भदौ २०७८ ९:४२
160
Shares

काठमाडौं। नेकपा एमाले लुम्बिनीले प्रदेश कमिटीले १० बुँदे सुझाव कार्यान्वयन गर्दै सबै पार्टी कमिटीलाई २ जेठ ०७५ अघिकै अवस्थामा फर्काउने निर्णय गरेको छ । पार्टी जिल्लाका पदाधिकारी र अन्य तहका नेतृत्वसमेत जेठ २ अघिकै अवस्थामा फर्काउने बैठकले निर्णय गरेको हो।

बुटवलमा बसेको प्रदेश कमिटीको बैठकले प्रदेश अध्यक्षमा लिला गिरी, उपाध्यक्षमा खेममान खड्का र सचिवमा भूमिश्वर ढकाल र सहसचिवमा दुर्गा थारूलाई जिम्मेवारी दिने निर्णय गरेको हो।

यसअघि नेकपा विघटनपछि गिरी नै एमालेको प्रदेश अध्यक्ष भएपनि जेठ २ मा फर्काउने निर्णय गरेपछि उनको अध्यक्षतामा बनेको कमिटि निस्क्रिय बनेको थियो।

एमाले उपमहासचिव विष्णु पौडेलको उपस्थितिमा बुटवलमा बसेको बैठकले असार १५ को स्थायी कमिटिको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको एमाले नेता भूमिश्वर ढकालले जानकारी दिए। निर्णयअनुसार प्रदेशका १२ वटै जिल्लाका सबै कमिटी जेठ २ को अवस्थामा फर्किनेछन्।

ढकालका अनुसार यस्तो छ जिल्लाहरूको नेतृत्व

१.बर्दिया

अध्यक्ष, लाल बहादुर श्रेष्ठ

उपाध्यक्ष, शालिकराम अधिकारी

सचिव, पदम ढकाल

उपसचिव, नुतन चौधरी

२. बाँके

अध्यक्ष, निरक गुरुङ

उपाध्यक्ष, किस्मत कक्षपती

सचिव, रत्न खत्री

उपसचिव, प्रमोद धिताल

३. दाङ

अध्यक्ष, टिकाराम खड्का

उपाध्यक्ष, हुकम बस्नेत

सचिव, मनोहर बुढाथोकी

उपसचिव, कृष्ण भुषाल

४. रोल्पा

अध्यक्ष, बालाराम बुढा

उपाध्यक्ष, विजय घर्ती

सचिव, निमप्रसाद रोका

उपसचिव, राजेन्द्र बुढाथोकी

५. रुकुमपूर्व

अध्यक्ष, टोपबहादुर वली,

उपाध्यक्ष, रुजिधन घर्तीमगर

सचिव, लिलामणि गौतम

उपसचिव, तेजेन्द्र बुढामगर

६. प्युठान

अध्यक्ष, तुलसी शर्मा

उपाध्यक्ष, हुकुम खड्का

सचिव, मोहन जिसी

उपसचिव इञ्चार्जको प्रस्तावमा कमिटीले चयन गर्ने ।

७. अर्घाखाँची

अध्यक्ष, चेतनारायण आचार्य

उपाध्यक्ष, जीव नारायण कोइराला

सचिव, तेज बहादुर रायमाझी

उपसचिव, प्रेम गैरे

८. गुल्मी

अध्यक्ष, मधुकृष्ण पन्त

उपाध्यक्ष, वालसिंह काउछा

सचिवऽ सोमप्रसाद सापकोटा

उपसचिव, धर्म विक

९. पाल्पा

अध्यक्ष, नारायण आचार्य

उपाध्यक्ष, मोहन थापा

सचिव, ओज बहादुर घर्ती

उपसचिव, कमल पाण्डे

१०. कपिलवस्तु

अध्यक्ष, झविलाल पोखरेल

उपाध्यक्ष, बाबुराम खनाल

सचिव, बाबुराम आचार्य

उपसचिव, विश्राम चौधरी

११. पश्चिम नवलपरासी

अध्यक्ष, तुलसी पासी

उपाध्यक्ष, डोलराज भण्डारी

सचिव, थानप्रसाद गैरे

उपसचिव, राजन आचार्य

१२. रुपन्देही

अध्यक्ष, शिवराज सुवेदी

उपाध्यक्ष, पुरुषोत्तम घिमिरे

सचिव, जागेश्वरी चौधरी

उपसचिव, गोपाल राना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.