तीजको मुखमा सुनको मूल्य घट्यो
काठमाडौं। बुधवार सुन चाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ। त्यस्तै,चाँदीमा भने प्रतितोला १० रुपैयाँको गिरावट आएको छ ।
मूल्यमा गिरावट आएपछि आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ ।
साथै, आज चाँदीको प्रतितोला मूल्य एक हजार २२० रुपैयाँ कायम भएको छ । हिजो तोलामा एक हजार २३० रुपैयाँ कायम भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेको हो ।
हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ थियो । त्यस्तै,चाँदीको प्रतितोला मूल्य एक हजार २२० रुपैयाँ कायम भएको छ । हिजो तोलामा एक हजार २३० रुपैयाँ कायम भएको थियो ।







डिसी नेपाल








Facebook Comment