माधव नेपालले जनआन्दोलनको उपलब्धी नोक्सान गर्न लागेः ओली

डिसी नेपाल
२३ भदौ २०७८ १२:४६

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजावादीका अध्यक्ष मावधकुमार नेपाल जनआन्दोलनको उपलब्धि सिध्याउने बाटोमा लागेको आरोप लगाएका छन् ।

एमाले संसदीय दलको जारी बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेतासमेत रहेका ओलीले जनआन्दोलनको उपलब्धिसहित कम्युनिष्ट आन्दोलन र संघर्षलाई ध्वस्त बनाउन नेता नेपाल लागेको आरोप लगाएका हुन् ।

‘सुरुदेखि नै एमालेका फुटाउने खेलमा लागे । आफ्नै पार्टी फुटाउने कार्य आपराधिक काम हो’, ओलीले भने, ‘पार्टी फुटाउनेदेखि जनआन्दोलनका उपलब्धि सक्ने कार्यमा उनीहरू अघि बढेका छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.