नेपाल नेतृत्वको नेकपा (एस) आठ जिल्लामा नील, जनप्रतिनिधिले एमाले छाडेनन्

डिसी नेपाल
२३ भदौ २०७८ १३:३८

काठमाडौं। एमाले बिभाजित भई गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) आठ जिल्लामा जनप्रतिनिधिविहीन भएको छ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार २२ भदौसम्म एमाले वा नेकपा (एकीकृत समाजवादी) मध्ये एक पार्टी रोज्न दिएको समयसीमामा आठ जिल्लाका जनप्रतिनिधिले नेपाल नेतृत्वको पार्टीको पक्षमा सनाखत गर्न अस्वीकार गरेका छन्।

एमाले प्रचार विभागका सदस्य सूर्य थापाका अनुसार गुल्मी, लमजुङ, मनाङ, मुस्ताङ, नवलपुर, नुवाकोट, सोलुखुम्बु र रसुवा गरी आठ जिल्लाबाट निर्वाचित जनप्रतिनिधिले एमाले छाडेका छैनन्। अन्य जिल्लाका नेताहरूले एमाले छाडे पनि आठ जिल्लाका प्रतिनिधिले नछाड्ेदा नेकपा (एस) शून्यमा पुगेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.