डडेल्धुरामा देउवा र मल्लको टकराव, अधिवेशन अन्योलमा
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका वडाहरुको अधिवेशन अनिश्चित बनेको छ।
आइतबार नेपाली कांग्रेस डडेल्धुराको क्रियाशील सदस्यताको विवरण नेपाली कांग्रेसको आधिकारिक वेबसाइटबाट सार्वजनिक भएसँगै प्रधानमन्त्री देउवाको गृहजिल्लामा तीव्र असन्तुष्टि देखिएको छ। सभापति देउवाले गृहजिल्लामा अनावश्यक हस्तक्षेप गरेको भन्दै सातौं जिल्ला अधिवेशन हुनेमा आशंका बढेको छ।
त्यतिमात्र हैन डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ९ का सभापति नरबहादुर पालको नाम समेत क्रियाशील सदस्यताको सूचीबाट हटेको छ। १२ औं र १३ औं महाधिवेशनबाट लगातार पाल दुई कार्यकालसम्म वडा सभापति रहेर पार्टीमा काम गरे तर यसपालिको अधिवेशनमा उनले नै हस्ताक्षर गरेर पठाएका अरु सदस्यको नाम आयो तर उनको आएन।
त्यसपछि उनले तब्र असन्तुष्ट पोख्दै कपाल खौरिएर बिरोध गरेको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ। पार्टीको क्रियाशील सदस्यको नामावली अनावश्यक रुपमा हटाइएका भन्दै जिल्ला सभापति कर्ण मल्लको समूहले आक्रोश व्यक्त गरेका छन्।
तर मंगलबार निर्वाचन समितिका संयोजक लोकेन्द्रबहादुर बमले भदौ २५ गते वडा अधिवेशन गर्ने कार्यतातिका सार्वजानिक गरेपछि कांग्रेस डडेल्धुराको अधिवेशन अन्यौल बनेको छ।
निर्वाचन समितिले अधिवेशनको कार्यतालिका सार्वजानिक गरे लगत्तै सभापति मल्लले विज्ञप्ति निकालेर जिल्लाको सातौ अधिवेशन स्थगित गरिएको सूचना सार्वजानिक गरे।
सभापति मल्ल निकट एक नेताका अनुसार,अधिवेशन स्थगित गर्नुको कारण जिल्ला नेतृत्वका लागि उम्मेदवारदेखि मतदातासम्म केन्द्रबाटै पठाइएकाले अन्योलता उत्पन्न भएको बताएका छन्।
उनले भने,‘जिल्लाबाट सिफारिस भएका ४६० को नाम काटेर केन्द्रबाट कुनैपनि प्रक्रिया नपुर्याइ ३१२ लाई नयाँ मान्छेलाई क्रियाशील सदस्यता बितरण गरिएको छ।’
डडेल्धुरामा ७ ओटा स्थानिय तहको जम्मा ५२ वटा वडाहरु छन्। उनका अनुसार,अहिले सभापति देउवा भीमबहादुर साउदलाई जिल्ला सभापति बनाउन चाहन्छन्। साउदलाई चुनाव जिताउन यो खाले गलत अभ्यास भएको ती नेताको आरोप छ।
जिल्ला सभापति मल्ल विधानतः दुई वर्षे कार्यकाल पुनःउम्मेदारी बन्न नपाउने भएपछि उनी निकट जिल्ला उपसभापति करुणाकार भट्ट सभापति बन्ने सम्भावना बलियो भएको छ।







डिसी नेपाल








Facebook Comment