झुक्याएर समाजवादीमा सनाखत गराएकी निर्मला एमालेमै फर्किइन्

डिसी नेपाल
२३ भदौ २०७८ १५:४९
376
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्ने जिल्लाकी एक्लो जनप्रतिनिधि निर्मला सुनार एमालेमै फर्किएकी छन् ।
मंगलवार जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा (एस) मा सनाखत गरेकी निर्मलाले आफू बजार गएको बेला मौका छोपेर निर्वाचन कार्यालयमा पु¥याई जबरजस्ती सनाखत गराएको आरोप लगाएकी छन्।

बुधवार विज्ञप्ति जारी गर्दै शिवराज नगरपालिकाका कार्यपालिका सदस्य निर्मलाले आफ्नो काममा तौलिहवा गएका बेला निर्वाचन कार्यालयमा काम छ भनी लगेको र परिबन्दमा पारेर केही कागजातमा हस्ताक्षर गराएको उल्लेख गरेकी छन् ।’हिजो तौलिहवा कामको सिलसिलामा गएको थिए ।

दुई तीन जना साथीहरूले निर्वाचन आयोगमा जाम भनेर लगेर सनाखत गराउनु भयो । ५ बजे घर फर्किएपछि समाजवादीमा गएको हो भनेर फोन आयो । मिडिया र फेसबुकमा हेरे । म एमाले मै बस्छु,’ सुनारले भनेकी छन् ।

सुनारले मंगलवार नेकपा (एस) रोजेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताए ।यसैगरी शिवराज नगरपालिका–१० का अध्यक्ष मञ्जु मिश्रले जसपा छाडेर लोसपामा सनाखत गरेकी छन् ।

जनता समाजवादी पार्टीबाट उप निर्वाचनबाट विजयी भएका मिश्राका श्रीमान् महन्त ठाकुरतर्फ लागेपछि उनले पतिकै दल रोजेकी हुन् । मिश्राका पति रबीदत्त मिश्र लोकतान्त्रिक समाजवादी पाटीका केन्द्रीय नेता हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.