आज पनि ओरालो लाग्यो सेयर बजार
काठमडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि घटेको छ । आज बुधबार नेप्से परिसूचक ६० अंकले घटेर २८ सय ७६ अंकमा आइपुगेको हो । यसक्रममा आज जम्मा ६ अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आज २.०४ प्रतिशतले घट्दा नेप्से परिसूचक २ हजार ८ सय ७६.५९ अंकमा ओर्लिएको हो। हिजो मंगलबार पनि शेयर बजार ४४.१८ अंकले घटेको थियो। बुधबार १ करोड ६१ लाख ४८ हजार ६ सय ५२ कित्ता शेयर ६ अर्ब ६४ करोड ६६२३ हजार ४ सय २७ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ। आज शेयर कारोबार पनि घटेको छ।यस्तै सर्ब समूह पनि घटेका छन्। सबैभन्दा बढि जीवन बीमा समुह ४२१.३६ अंकले घटेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment