एमालेद्वारा संसद अवरोध, १४ तस्वीरमा हेर्नुहोस् संसद भवनभित्रका दृश्य

डिसी नेपाल
२३ भदौ २०७८ १६:५०
644
Shares

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ । सभामुख दल विभाजनमा सहयोगी बनेको र एमालेले बर्खास्त गरेका १४ जना सांसदलाई हटाउनुपर्नेमा सभामुखले उनीहरुको पद जोगाइदिएको भन्दै एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको हो । बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर विरोध गर्दै बैठक चल्न दिएनन् ।

एमालेका सांसदहरुले बैठक अवरुद्ध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । यस बीचमा संसद चलाउने विषयमा सभामुखले एमालेका मुख्य सचेतक विशाल भट्टराई लगायतसँग छलफल गरिरहेका छन् । संसद बैठक स्थगित हुनुअघि एमालेका सचेतक भट्टराईले एमाले फुटाउने मनसायका साथ संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएकोमा आपत्ति जनाएका थिए । उनले सभामुख पार्टी फुटाउन सहयोगी बनेको आरोप लगाए ।

सभामुखले माओवादी केन्द्रले सांसदहरुलाई कारवाही गरेर पदबाट हटाउँदा उनीहरूलाई तत्कालै पदमुक्त गरिएको सूचना दिएका सभामुखले एमालेले १४ जना सांसद हटाउँदा जानीजानी ढिलाइ गरेर उनीहरुको पद जोगाउन भूमिका खेलेको आरोप लगाए । भट्टराईले सभामुख एमाले विभाजनको लागि मतियार बनेको आरोप लगाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.