१३ हजार ४५५ परीक्षण गर्दा १ हजार ६४० जनामा कोरोना संक्रमण

डिसी नेपाल
२३ भदौ २०७८ १६:४८
232
Shares

काठमाडौं । गत २४ घण्टामा नेपालमा १३ हजार ४५५ जनाको परीक्षण गर्दा १ हजार ६४० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार १६१ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार १११ पीसीआर परीक्षण गर्दा १ हजार ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ६८८ परीक्षण गर्दा २९३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा १० जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८८९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ जना रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.