केपीका सन्तानले संसदको रोष्टम घेरेः सांसद चौधरी
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुखको भूमिका नभएको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै संसद अधिवेशनको शुरुमै अवरोध गरेको छ ।
एमालेले भदौ १ गते माधव नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई निष्कासन गरिएको सूचना संसद सचिवालयलाई दिएकोमा सभामुखले कानून बमोजिम सूचना टाँस नगरी एमाले विभाजनमा भूमिका खेलेको आरोप छ । यहि विषयलाई लिएर नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओलीका सन्तानले संसदको रोष्टम घेरेको आरोप लगाएका छन् । बुधबार एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेपछि फेसबुकमार्फत आलोचना गरेमा हुन् ।
उनले लेखेका छन्, ‘हेर्दाहेर्दै ! प्रदेशमा मुख्यमन्त्री भएका व्यक्तिहरु सांसद हटाउनको लागि सदनमा नाराबाजी गर्ने र संघमा केपीका सन्तानहरू प्रतिनिधिसभामा अरू दलका सांसद हटाउनका लागि रोस्टम घेरिरहेका छन् । हेर्दाहेर्दै ! बालुवाटार हुँदै बालकोट भएर रोष्टम अगाडि पुगेर जुलुस गर्ने ठाँउमा पो पुग्न भ्याएछन् ! यहि पारा हो भने बा भन्ने छोराछोरीहरू आफ्नै घरका सन्तानहरूका राजीनामा माग्न बेर लाउँदैनन् । अबोध सन्तानहरू कम्तिमा भएको बिबेक त प्रयोग गर्नुस् ।’







डिसी नेपाल








Facebook Comment