जनकपुरधाममा हिन्दूवादीहरूले गरे बांगलादेशविरुद्ध प्रदर्शन

डिसी नेपाल
६ पुष २०८२ १९:२९
40
Shares

रौतहट। जनकपुरधाममा हिन्दूवादीहरुले बांगलादेश विरुद्ध प्रदर्शन गरेका छन्।

आईतबार साँझ विभिन्न हिन्दूवादी संघ संस्थाले संयुक्त रुपमा बांगलादेश विरुद्ध प्रदर्शन गर्नुका साथै पुतला दहनसमेत गरेका छन्।

२ दिन अघि बांगलादेशमा निर्ममतापूर्वक हिन्दू समुदयाका दिपु चन्द्र दासलाई केही मुस्लिम समुदायका व्यक्तिहरुले कुटपीट गरी जिउँदै जलाएको घटनाप्रति आक्रोस जनाउँदै जनकपुरधामका हिन्दूवादीहरुले विरोध गरेका छन्। उनीहरुले हिन्दू समुदायलाई एक हुनसमेत आग्रह गर्दै नारा लगाएका छन्।

उनीहरुले जेहादी आतंकवादी मुर्दावाद, जाग जाग हिन्दू जाग, हिन्दू विरोधी नेता मुर्दावादलगायतका नारा लगाएका छन्। साथै उनीहरुले आजबाट बांगलादेशका कुनै पनि सामान प्रयोग नगर्न आग्रह गरेका छन्। उनीहरुले मुस्लिम आयोग खारेज गर्नु पर्ने पनि माग गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *