दशैं तिहारमा सरकारले चिनीमा ५ र नुनमा २ रुपैयाँ छुट दिने

डिसी नेपाल
२३ भदौ २०७८ १७:३५
20
Shares

काठमाडौं । सरकारले दशैँ तिहारलाई लक्षित गर्दै आगामी असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।

मंगलवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज १ देखि कात्तिक २४ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

जसअनुसार मोटारमसिनो चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट हुने छ । यस्तै, सिमी र फापर प्रतिकिलो १० रुपैयाँ, नुन प्रतिकिलो २ रुपैयाँ, चिनी प्रतिकिलो ५ रुपैयाँ छुट पाइने मन्त्रालयले बताएको छ । यसैगरी, खसीबोका प्रतिकिलो १० रुपैयाँ र दुग्ध संस्थानमार्फत बिक्री हुने घ्यू, दुध र पनिरमा पनि छुट दिने मन्त्रालयले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.