मन्त्रीको शपथ ग्रहणमा पत्रकारलाई प्रवेश निषेध
काठमाडौं। पत्रकारले कोरोना सार्छन् भन्दै प्रदेश प्रमुखको कार्यालय बागमतीमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । बुधबार नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको सपथ कार्यक्रममा सूचना संकलनार्थ पुगेका पत्रकारहरुलाई प्रवेशमा रोक लगाइएको हो ।
प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद भट्टले मुख्यद्वारमा सुरक्षाकर्मी तैनाथ गरी पत्रकारलाई प्रवेशमा रोक लगाएका हुन् । सूचना संकलनका लागि सो कार्यालय परिसरमा पुगेका पत्रकारहरुले क्यामेरा गेट अगाडि राखेर धर्नासमेत बसेका थिए । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले प्रदेश प्रमुख कार्यालयका सचिवद्वारा संचारकर्मीलाई सूचना संकलनमा बन्देज लगाउने प्रयास गरिनु निन्दनीय भएको भन्दै सो कार्यको भर्सना समेत गरेका छन् ।
जनतालाई सुसूचित गराउन अहोरात्र खटिएका पत्रकारलाई प्रवेशमा रोक लगाउने कार्यले प्रेस स्वतन्त्रता माथि नै प्रहार गरेको उनले बताए ।







डिसी नेपाल








Facebook Comment