कांग्रेस प्रवक्ता शर्माले घोषणा गरे महामन्त्रीको उम्मेदार
काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंसिरमा हुने १४ औँ महाधिवेशनमा आफू महामन्त्री पदको उम्मेदारी दिने घोषणा गरेका छन्।
प्रथमजननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १ सय ८ औँ जन्मजयन्तीको अवसरमा सुन्दरीजल पुगेर शर्माले उम्मेदारी घोषणा गरेका हुन्।
सुन्दरीजलमा पुगेर विपी कोइरालाई स्मरण गर्दै उनले भनेका छन्,‘यो माटो भन्दा पवित्रभूमी अरुकाहीँ नभएकाले सुन्दरीजलबाट उम्मेदार घोषणा गर्दै छु।मैले पहिलेपनि भन्दै आएको थिए म प्रवक्ताबाट मात्र रिटायर्ड हुन आएको हैन,त्यसले आज महामानव विपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर म १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदार दिन्छु।’
यस अघि गगन थापालेपनि महामन्त्रीमा उम्मेदारी दिइसकेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment