ग्लोबल आईएमई बैंकको रेटिङमा स्तरवृद्धि

डिसी नेपाल
२४ भदौ २०७८ १५:५४
36
Shares

काठमाडौं । नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आइएमई ब्यांकको रेटिङलाई स्तरवृद्धि गरेको छ ।

इक्रा नेपालले ग्लोबल आइएमई ब्यांकको आईसीआरएएनपी–आईआर ए माइनसबाट आईसीआरएएनपी–आईआर ए तथा ऋणपत्रको रेटिङलाई आईसीआरएएनपी एलए माइनसबाट आईसीआरएएनपी–एलपीमा स्तरवृद्धि गरेको हो।

यस रेटिङले ब्यांकको वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ। ब्यांकको पर्याप्त तरलता तथा पूँजीकोष, कार्यालय सञ्जाल, आम्दानी तथा आय विवरण, संचालन खर्चमा नियन्त्रण, बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन जस्ता तथ्यको आधारमा रेटिङको स्तरवृद्धि गरिएको हो।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८३७ सेवा केन्द्रबाट २३ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.