प्राइम कमर्सियल बैंकका पूर्वसिईओ मानन्धरको निधन
काठमाडौं । प्राइम कमर्सियल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको निधन भएको छ। मानन्धरको ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो।
भूमि सुधार तथा वचत निगमको शाखा प्रमुखको रुपमा सेवा प्रवेश गरेका मानन्धर राष्ट्रिय धान चामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंकको नायब महाप्रबन्धक, धान चामल निर्यात कम्पनीको महाप्रबन्धक बनेका थिए।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमा परामर्शदाता, राष्ट्रिय बाणिज्य बैंकको कार्यकारी सञ्चालक, लुम्बिनी बैंकको प्रमुख कार्यकारी अधिकृत, विश्व बैंकको जलविद्युत् विकास कोष र नेपाल बङ्गलादेश बैंक हुँदै प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट उनी सेवानिवृत्त भएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment