‘क्रिप्टोकरेन्सी’ गैरकानुनी, कारोबार गरे कारबाही

डिसी नेपाल
२४ भदौ २०७८ १६:५५
64
Shares

काठमाण्डौं । केन्द्रीय बैंकले बिहीबार एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले ‘क्रिप्टोकरेन्सी’को कारोबार, प्रयोग र ‘माइनिङ’ गैरकानुनी भएको जनाएकोले त्यस्तो कार्यमा संलग्नलाई कारबाही हुने चतावनी दिएको छ ।

“हालका दिनमा ‘क्रिप्टोकरेन्सी’ कारोबार, प्रयोग र ‘माइनिङ’ जस्ता कार्यक्रमा संलग्न हुन प्रोत्साहन गर्ने÷गराउने गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारण ठगिएको र ठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरे वा गरेको पाइएमा प्रचलित कानुमबमोजिम सजाय हुनेछ,” राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

पछिल्लो समयमा सामाजिक सञ्जालमा लगानी गर्ने अवसर भन्दै छोटो समयमै राम्रो प्रतिफल दिने उल्लेख गरिएको पोस्टहरू देखिएको र त्यसमा लगानी गर्न हुनेरनहुने भन्दै राष्ट्र बैंकमा सोधपुछ बढेकोले राष्ट्र बैंकले उक्त सूचना जारी गरेको बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.