११ करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको बस्नेतलाइ अदालतबाट सफाइ
काठमाडौं । आपराधिक पृष्ठभूमिको दावी हुँदै आएका साथै अवैध सम्पत्ति आर्जन गरेको आरोप रहेको थियो पर्शुराम बस्नेतलाई । तर, उनलाई सर्वोच्च अदालतले सफाई दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र टंक मोक्तानको संयुक्त इजलासले बस्नेतलाई सफाइ दिएको हो। सम्पत्ति शुद्धीकरण विभागले २०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरणअन्तर्गत रु ११ करोड ६१ लाख ४१ हजार ९७७ आर्जन गरेको भन्दै बिगोसहित अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले पनि बस्नेतलाई सफाइ दिएको थियो। बस्नेत नेकपा एमाले निकट मानिन्छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment