कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिट खारेज

डिसी नेपाल
२४ भदौ २०७८ १७:४२
16
Shares

काठमाडौं । सर्वोच्च अदालतले कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै परेको रिट खारेज गरेको छ । कांग्रेसका महासमिति सदस्य एवं वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै १८ भदौमा रिट दायर गरेका थिए ।

कांग्रेस नेता तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आसन्न १४ औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको हो ।

वाग्मती प्रदेशसभाका सदस्यसमेत रहेका कांग्रेस नेता नरोत्तम वैद्यले कोरोना महामारीको जोखिम रहेको र लाखौँ मानिस कोरोना महामारीबाट प्रभावित हुने जोखिम रहेको भन्दै कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.