बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा विशेष छुट
काठमाण्डौ । बैंक अफ काठमाण्डूले फर्निचर वान स्टोरसँग सम्झौता गरेको छ ।
बैंकको अनुसार डेबिट कार्ड÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई २० प्रतिशतुम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
यस सम्झौतापश्चात बैंकका ग्राहकले फर्निचर वान स्टोरबाट आवश्यक फर्निचरहरु खरिदबापत बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको २० प्रतिशतसम्म छुट पाउनेछन्।
फर्निचर वान स्टोरले डिल्लिबजारबाट सेवाग्राहीहरुलाई आवश्यक गुणस्तरिय फर्निचरहरु बिक्री गर्दै आईरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।







डिसी नेपाल








Facebook Comment