लोकप्रिय गायिका विष्णु माझीलाई विभुषण प्रदान गरिदैँ
काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका विष्णु माझीलाई सरकारले विभुषण प्रदान गर्ने भएको छ ।
सरकारले हरेकवर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई विभुषणबाट सम्मान गर्दै आएको छ । उक्त विभुषण राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने तय भएको छ । विभुषण प्रदान गर्ने सूचिमा उनको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
त्यस्तै नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र नायिकामा भने केकी अधिकारीलाई पनि विभुषण प्रदान गरिने भएको छ ।
यसपटक विभुषित हुने सम्भवतः उनी एक्ली गायिका हुन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment